कांग्रेस महामन्त्रीद्वय गगन र विश्वप्रकाशको संयुक्त भिडियो सन्देशमा के छ ?
काठमाडौं । स्थानीय तहको निर्वाचन प्रचारप्रसारको अन्तिम दिन कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त भिडियो सन्देश जारी गरेका छन् ।
मौन अवधि सुरु हुनु अघि थापा र शर्माले हामी तपाईंलाई नै सोध्न चाहन्छौं । तपाईं कस्तो समाज चाहनुहुन्छ ? तपाईं राजनीति कस्तो बनोस् भन्ने चाहनहुन्छ ? एकपटक सँगै सोच्न आग्रह गर्छौ । मतदान गर्ने अधिकार त्यसै पाइएको होइन सित्तै आएको होइन भन्दै समाजलाई बदल्न चाहन्छौं भनेका छन् ।
रुखमा मतदान गरेको भनेर पश्चाताप मान्नुपर्ने अवस्था नआउने भन्दै उनीहरूले मत दिन आग्रह गरेका छन् । समुन्नतिको लागि, संविधानलाई बलियो बनाउने, समाजलाई बदल्ने प्रतिवद्धता उनीहरूले व्यक्त गरेका छन् ।
यो भिडियो ‘प्रविधिमैत्री कांग्रेस अभियान’ अन्तर्गत कांग्रेसले गठन गरेको कांग्रेस वाइड इन्फरमेसन नेटवर्क (एनसी विन)मार्फत् आएको हो । कांग्रेसका प्रभावशाली नेताद्वयको संयुक्त यो भिडियो सम्भवतः पहिलो हो । थापा र शर्मा १४ औं महाधिवेशबाट कांग्रेसको महामन्त्रीमा चुनिएका थिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया