कांग्रेस महामन्त्रीद्वय गगन र विश्वप्रकाशको संयुक्त भिडियो सन्देशमा के छ ?

काठमाडौं । स्थानीय तहको निर्वाचन प्रचारप्रसारको अन्तिम दिन कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त भिडियो सन्देश जारी गरेका छन् ।
मौन अवधि सुरु हुनु अघि थापा र शर्माले हामी तपाईंलाई नै सोध्न चाहन्छौं । तपाईं कस्तो समाज चाहनुहुन्छ ? तपाईं राजनीति कस्तो बनोस् भन्ने चाहनहुन्छ ? एकपटक सँगै सोच्न आग्रह गर्छौ । मतदान गर्ने अधिकार त्यसै पाइएको होइन सित्तै आएको होइन भन्दै समाजलाई बदल्न चाहन्छौं भनेका छन् ।
रुखमा मतदान गरेको भनेर पश्चाताप मान्नुपर्ने अवस्था नआउने भन्दै उनीहरूले मत दिन आग्रह गरेका छन् । समुन्नतिको लागि, संविधानलाई बलियो बनाउने, समाजलाई बदल्ने प्रतिवद्धता उनीहरूले व्यक्त गरेका छन् ।
यो भिडियो ‘प्रविधिमैत्री कांग्रेस अभियान’ अन्तर्गत कांग्रेसले गठन गरेको कांग्रेस वाइड इन्फरमेसन नेटवर्क (एनसी विन)मार्फत् आएको हो । कांग्रेसका प्रभावशाली नेताद्वयको संयुक्त यो भिडियो सम्भवतः पहिलो हो । थापा र शर्मा १४ औं महाधिवेशबाट कांग्रेसको महामन्त्रीमा चुनिएका थिए ।
ताजा अपडेट
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
-
एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
प्रतिक्रिया