नेपालका यी भू–भाग जहाँ हुनेछैन स्थानीय निर्वाचन

काठमाडौं । नेपालले आफ्नो भू–भाग भएको दाबी गर्दै नक्सा छापेका तीन भू–भागमा स्थानीय तहको निर्वाचन नहुने भएको छ ।
देशको राजनीतिक र प्रशासनिक नक्सामा समावेश गरिएका लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रमा यही वैशाख ३० मा हुन लागेको स्थानीय निर्वाचन हुने कुनै सङ्केत नदेखिएको सरकारी निकायका अधिकारीका भनाइबाटै पुष्टि हुन्छ ।
यी तीन क्षेत्रलाई नेपालले दार्चुलाको व्यास गाउँपालिकामा राखेको छ । यद्यपि, उक्त क्षेत्रमा बसोबास गर्ने कसैको नाम पनि मतदाता सूचीमा नभएको निर्वाचन आयोगले जनाएको छ ।
गुन्जी, कुटी र नाभीलगायतका ती गाउँमा जनगणना नभएको र त्यहाँका मानिससँग नेपाली नागरिकतासमेत नभएकाले निर्वाचन सम्भव नभएको आयोगका एक अधिकारीले बताए ।
यस विषयमा गृह मन्त्रालय भने पन्छिएको छ । त्यहाँका एक अधिकारीले निर्वाचन अधिकृतहरू दार्चुला जिल्लाका सम्पूर्ण मतदान केन्द्रमा पुगिसकेको दाबी गरे ।
तर, त्यसमा लिपुलेक, कालापानी र लिम्पियाधुरा सम्पूर्ण मतदान केन्द्रमा पर्छन्–पर्दैनन् भन्ने प्रश्नमा भने उनले स्पष्ट जवाफ दिन सकेनन् ।
लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नयाँ नक्सा छपाएर आफ्ना भू–भाग नेपालले भएको दाबी गरे पनि भारतले पनि ती स्थान आफ्नो भएको दाबी गर्दै आएको छ ।
यतिमात्र होइन यी तीन क्षेत्रमा भारतकै सुरक्षाकर्मी छन् । त्यहीँको कानुन चल्छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया