मेयरका उम्मेदवार बाबुराम भट्टराईकी श्रीमतीमाथि लाग्यो पैसा बाँडेको आरोप

काठमाडौं । मौन अवधिमा मतदातालाई प्रभावित गरेको आरोप एक उम्मेदवारकी श्रीमतीलाई लागेको छ ।
बुटवल उपमहानगरपालिकामा एमालेको तर्फबाट मेयरका उम्मेदवार बाबुराम भट्टराईकी श्रीमती माया भट्टराईलाई आज यस्तो आरोप लागेको हो ।
मायाले आफ्ना उम्मेदवार पति बाबुरामको पक्षमा मत दिन आग्रह गर्दै पैसा बाँडेको आरोप लागेको छ ।
बुटवलको मजुवास्थित सुकुम्बासी बस्तीमा गएकी मायालाई कांग्रेस कार्यकर्ताले पैसा बाँडेको आरोप लगाउँदै नाराबाजी गरेका थिए ।
त्यसपछि उनलाई स्थानीय सिर्जना भुसालको घरमा थुनेका थिए । अहिले प्रहरीले उनको उद्धार गरेको छ ।
साथै, प्रहरीले अहिले माया बसेको घरमा खानतलासी गरिरहेको जनाइएको छ ।
प्रतिक्रिया