यसकारण भोट हाल्दै छैनन् केकी
काठमाडौं । अभिनेत्री केकी अधिकारीले आसन्न स्थानीय निर्वाचनमा भोट नहाल्ने जानकारी दिएकी छिन् ।
एउटा कार्यक्रमका क्रममा अमेरिकामा रहेकी केकीले भोट हाल्न नपाएकोमा दुःख व्यक्त गरेकी छिन् ।
‘काम विशेषले बाहिर भएको कारणले मैले यसपटक मेरो मताधिकारको प्रयोग गर्न पाइनँ,’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘निर्वाचनको समयमा देश बाहिर हुनु र आफ्नो बहुमुल्य भोटको प्रयोग गर्न नपाउनुले पनि चित्त दुख्ने रहेछ ।’
केकीले आममानिसलाई एक मतको महत्व बुझेर सही निर्णय लिन आग्रह गरेकी छिन् ।
‘तपाईंहरूले चाहिँ आफ्नो एक भोटको मूल्य पक्कै बुझ्नुभएकै छ । निर्वाचनमा सहभागी भइ आफ्नो मताधिकारको सही प्रयोग गर्नुहोला,’ उनले फेसबुकमा लेखेकी छिन्, ‘शान्त ,सुरक्षित अनि सुव्यवस्थित वातावरणमा निर्वाचन सम्पन्न हुनसकोस् भन्ने कामना गर्दछु ।’
नवविवाहित केकी श्रीमान्सँग नभएर रिमासँग उडिन् अमेरिका ! – NepalWatch
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया