प्रचण्डकी बुहारीद्वारा मौन अवधि उल्लंघन, झण्डावाल गाडी चढेर मागिन् भोट
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरले निर्वाचन आचारसंहिता तोडेकी छिन् ।
माओवादीकी सांसद तथा पूर्वमन्त्री मगरले मौन अवधिको अवज्ञा गर्दै आज कञ्चनपुरको लालझाडी गाउँपालिकामा मत मागेकी छिन् ।
बा १७ च ७९४२ नम्बरको निजी गाडी लिएर उनले माओवादी पार्टीको चुनाव चिह्न अंकित झण्डासहित गाउँमा घुम्दै भोट मागेको स्थानीयले बताएका छन् ।
उनले त्यहाँको एउटा घरमा गएर ४०–५० जना मानिस भेला गराउँदै मत मागेको बताइएको छ ।
मगरको गृहनगर बेलौरी महानगरपालिकाअन्तर्गतको पुनर्वास हो । उनी चुनावी प्रचारका लागि दिउँसो छिमेकी गाउँपालिका लालझाडी पुगेको स्थानीयले बताएका छन् ।
मौन अवधीमा सभा, भेला, र्याली गर्न नपाइनुका साथै उम्मेदवारले चुनाव चिन्ह राखेको झण्डासमेत गाडीमा राख्न पाउँदैन । तर, नेता मगरले यो सबै उल्लंघन गरेकी छिन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया