NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

प्रचण्डकी बुहारीले मौन अवधि तोडेको निहुँमा एमालेद्वारा माओवादी कार्यकर्तामाथि आक्रमण

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरले मौन अवधि उल्लंघन गर्दै मत मागेको विरोधमा एमालेका कार्यकर्ता आक्रोशित भएका छन् । यसैलाई लिएर कञ्चनपुरको लालझाडी एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ ।

एमालेका कार्यकर्ताको आक्रमणबाट लालझाडी गाउँपालिका–१ का माओवादी केन्द्रका उम्मेदवार दिनेश राना घाइते भएका छन् । कञ्जनपुर प्रहरीका अनुसार उनलाइ उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पताल भर्ना गरिएको छ ।

प्रचण्डकी बुहारीद्वारा मौन अवधि उल्लंघन, झण्डावाल गाडी चढेर मागिन् भोट – NepalWatch