१६ भोट, ९ कर्मचारी, लाख खर्च
काठमाडौं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६, याङ्मामा महिला र पुरक्ष समान ३०–३० मतदाता छन् । १४ मतदाता वस्तीमै छन् । २ जना एक दिनको पैदलमा रहेको घुन्सामा बस्छन् । उनीहरूले मतदानका लागि ५२ सय मिटरको डाँडा काटेर घुन्साबाट याङमा पुग्नुपर्छ । घुन्सा पक्ताङलुङ गाउँपालिकाको वडा नम्बर ६ हो भने याङ्मा वडा नं. ७ ।
निर्विरोध निर्वाचित भएका यही वडाका वडाध्यक्ष र वडा सदस्यले पनि १४ देखि १६ मत खस्ने अनुमान गरेका छन् । उक्त गाउँपालिका–७ को ओलाङचुगोला र याङ्मा अध्यक्ष –उपाध्यक्षका लागि मात्र मतदान हुँदै छ ।
त्यसका लागि पनि गोठमा भएका मतदाताहरू बस्तीमा फर्किएर मतदान गर्नुपर्छ । बाँकी बाहिरका जिल्लाहरूमा बस्ने भएकाले भोट खसाल्न आउने सम्भावना कम छ ।
यहाँको मत संकलनका लागि सुरक्षाकर्मीसँगै कर्मचारी र व्यवस्थापनका लागि मात्रै १ लाख २७ हजार रूपैयाँ खर्च हुन्छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख दिनेश खनालका अनुसार खटिने कर्मचारीले १४ दिनको भत्ता पाउँछन् । मुख्य निर्वाचन अधिकृतको दैनिक २५ सय भत्ता हुन्छ । सहायक मतदान अधिकृतको २ हजार, सहायक कर्मचारीको १६ सय र सहयोगीको १२ सय रूपैयाँ भत्ता हुन्छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया