हत्या आरोपमा वडाध्यक्षका उम्मेदवार पक्राउ

काठमाडौं । रुकुमको पुथाउत्तरगंगा गाउँपालिका–११ का वडाध्यक्ष उम्मेदवार महिलाको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । ३९ वर्षीया दुँठी बुढा भनिने जुनमाया बुढा हत्या आरोपमा पृथाउत्तरगंगा–११ का जयकुमार बुढा, अर्जुन बुढा र कुमारसिंह बुढा पक्राउ परेका हुन् ।
उनीहरू तीनै जना माओवादी कार्यकर्ता हुन् । पक्राउ परेकामध्ये जयकुमार बहालवाला वडाध्यक्ष हुने भने कुमारसिंह माओवादीबाट वडाध्यक्षका उम्मेदवार हुन् ।
रुकुमकोट जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
१९ वैशाखमा चुनावी प्रचारका क्रममाा माओवादी र एमाले कार्यकर्ताबीच झडप भएको थियो । जसक्रममा केही घाइते भएका थिए भने जुनमाया बेपत्ता थिइन् । खोजतलासका क्रममा बुढाको शव स्थानीय जंगलमा सोमबार फेला परेको थियो ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया