निर्वाचन बहिस्कार गर्ने नीति छैन : नेकपा (बहुमत)
काठमाडौं । निर्वाचनमा भाग लिने निर्णयपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट अलग भएर बनेको नेकपा (बहुमत) ले स्थानीय तह निर्वाचन बहिस्कार गर्ने पार्टीको कुनै नीति नरहेको प्रष्ट पारेको छ ।
नेता धर्मेन्द्र बास्तोला दाङमा पक्राउ परेको केही बेरपछि विज्ञप्ति जारी गर्दै सो पार्टीले निर्वाचन बहिस्कार गर्ने कुनै निित नरहेको प्रष्ट पारेको हो । निर्वाचन बहिस्कारमा संलग्न हुनसक्ने आशंकाका आधारमा बिहीबार बिहान गृह जिल्ला बाँकेतर्फ गइरहेका नेता बास्तोलालाई दाङमा प्रहरीले पक्राउ गरेको थियो ।
‘…हाम्रो पार्टीले कुनै विस्फोटनजन्य र सशस्त्र बहिस्कार गर्ने नीति नलिएको कुरा सार्वजनिक रूपमा स्पष्ट पार्न चाहन्छौं,’ नेता सुदर्शनले केन्द्रीय कार्यालयको तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ । नेता सुदर्शनका अनुसार, नेकपा (बहुमत) आफैं निर्वाचनमा सहभागी नभए पनि देशभक्त र जनप्रिय उम्मेदवारलाई सहयोग गर्नेछ ।
यसैबीच, नेकपा (बहुमत) ले बास्तोलाको पक्राउप्रति आपत्ति जनाएको छ । बास्तोला पोखराको प्रशिक्षण सकाएर बाँकेस्थित घर जाँदै गर्दा बुटवलमा बम विस्फोट गराइनु र त्यहाँ उनलाई गिरफ्तार गर्नु सुनियोजित षड्यन्त्र भएको सो पार्टीको दाबी छ ।
बास्तोलाको तत्काल रिहाइको माग गर्दै अटेरी गरेमा देशव्यापी संघर्ष गर्ने चेतावनी पनि नेकपा (बहुमत) ले दिएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया