ओलीबाटै आचारसंहिता उल्लंघन, विपक्षीप्रति आक्रामक बन्न कार्यकर्तालाई आग्रह
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मौन अवधिको समयमा मतदाता भड्काउन अनेक चलखेल गर्न खोज्ने सबैलाई प्रतिवाद गर्न आग्रह गरेका छन् ।
मौन अवधि चलिरहेको अवस्थामा ओलीले आचारसंहितको उल्लघंन गर्दै विपक्षीप्रति आफ्ना कार्यकर्तालाई उत्तेजित हुनेखालको सन्देश प्रवाह गरेका छन् ।
बिहीबार एमालेको आधिकारिक फेसबुक पेजमार्फत उनले भनेका छन्– ‘मौन अवधि चलिरहेको छ । यो समयमा मतदाता भड्काउन अनेक चलखेल हुन सक्छ, त्यसता कार्य गर्ने सबैलाई प्रतिवाद गरी तिनको पहिचान गरी सम्बन्धित निकायमा खबर गर्नुहोला ।’
ओलीले समृद्ध नेपाल सुखी नेपालीका लागि सबै सभ्य नागरिक मतदान प्रक्रियामा सहभागिता हुन सबैलाई आग्रह गरेका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया