मौन अवधिमा बालेन बोल्न बाध्य, हल्ला फैलाउनेप्रति सजग रहन आग्रह
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफू कुनै पार्टी प्रवेश गर्न लागेको हल्ला निराधार भएको बताएका छन् । शाहले बिहीबार आफ्नो फेसबुक पेजमा लामो ‘स्टाटस’ लेख्दै आफूविरुद्ध निराधार हल्ला फैलाउने प्रयास भएको टिप्पणी गरेका छन् ।
‘हामीले कुनै पार्टी प्रवेश गरेको वा कुनै पार्टीका उम्मेदवारलाई समर्थन गरेकोजस्ता निराधार हल्ला फैलाउने प्रयास भएकोमा यसलाई हदैसम्म खण्डन गर्दछौँ । हामी स्वतन्त्र छौँ । र, मौन अवधिपूर्व हामी मतदाताहरूको घरदैलोमा प्रवेश गर्ने र हाम्रा मतदाताहरूको नै समर्थन लिनेदिने बाहेक अरू कुनै किसिमका व्यवहार गरेका छैनौं’, उनले लेखेका छन् ।
निर्वाचनभन्दा अगाडिको मौन अवधिको अर्थ हुन्छ भन्दै उनले सही उम्मेदवारलाई शान्त भएर मतदाताले मतदान गर्नु नै लोकतन्त्रको उत्तम तरिका भएको बताएका छन् ।
बालेनले मौन अवधिमा कसैको अस्तित्वमाथि आक्रमण गर्नमा उपयोग गर्नु गैरकानुनी भएको उल्लेख गरेका छन् ।
‘यस समयलाई कसैको अस्तित्व, विचार, सन्देश र वास्तविकतामाथि आक्रमण गर्नमा उपयोग गर्नु गैरकानुनी र अलोकतान्त्रिक त हुँदै हो, त्योभन्दा पनि धेरै मतदातामाथिको अन्याय हो । मतदाताहरूलाई भ्रममा राखेरै भए पनि जित्नैपर्ने सोचको उपज हो । यस्ता हल्ला र हल्ला फैलाउने तत्वहरूप्रति सरकार, निर्वाचन आयोग र स्वयम् मतदाताहरू सजग रहन हार्दिक अपिल गर्दछौं ।’
घरदैलो कार्यक्रममा जाँदा सार्वजनिक यातायातमा रहेका एक यात्रुलाई सडकबाट हात दिएको तस्बिर शेयर गर्दै उनले यस्तो अपिल गरेका हुन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया