NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

निर्वाचन आयोगको ब्रिफिङ: स्थानीय चुनावको सबै तयारी पूरा, ६६ जनालाई स्पष्टीकरण सोधियो

काठमाडौं । शुक्रबार हुने स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले तयारी पूरा भएको जानकारी दिएका हुन् ।

‘३० वैशाख हुने स्थानीय तह निर्वाचनका लागि देशभरका सबै मतदान केन्द्रमा आवश्यक सबै तयारी पूरा भएको छ,’ उनले भने ।

२७ वैशाख मध्यरातिदेखि सुरु भएको मौन अवधिमा निर्वाचन आचारसंहिता पालनामा आयोगले विशेष सजगता अपनाएको बताउँदै उनले यो बीचमा आचारसंहिता उल्लंघनका घटनामा ६६ वटा स्पष्टीकरण सोधिएको जानकारी दिए ।

पत्रकार सम्मेलनपछि विज्ञप्ति जारी गर्दै आयोगले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि प्रधानमन्त्रीपत्नी आरजु राणालाई समेत स्पष्टीकरण सोधिएको जनाएको छ ।

हेरौं विज्ञप्ति :