कांग्रेस वरिष्ठ नेता पौडेलद्वारा मतदान

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँको व्यास नगरपालिका–२ स्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।
मतदान पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सङ्घीयताबाट नै देशको विकास र उन्नति सम्भव रहेको बताए । उनले भने, ‘सङ्घीयता विकासका लागि फलदायी भएको छ । स्थानीय तहले विकासको खाका कोरेको छ, सङ्घीयता सफल हुँदैछ र सङ्घीयताबाट देशको विकास र उन्नति सम्भव छ ।’
वरिष्ठ नेता पौडेलले नेपालको चौतर्फी विकासका लागि स्थानीय तहले सहयोग पुग्ने धारणा राखे ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया