बझाङको मतदानस्थलमा शंकास्पद वस्तु भेटियो

काठमाडौं । बझाङमा शंकास्पद बस्तु भेटिएपछि मतदानमा ढिलाइ भएको छ ।
जिल्लाको जयपृथ्वी नगरपालिका–१ कैलाशस्थित नारायण मावि मतदान केन्द्रमा बिहानै दुईवटा शंकास्पद वस्तु भेटिएपछि मतदानमा ढिलाइ भएको हो ।
बझाङ प्रहरीका अनुसार मतदानस्थलको गेट नजिक राखिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।
शंकास्पद वस्तु निष्किृय पारे पनि अन्य ठाउँमा पनि त्यस्तै वस्तु हुनसक्ने आशंकामा सर्वसाधारणलाई मतदानस्थल जान दिइएको छैन ।
ताजा अपडेट
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
-
रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग
प्रतिक्रिया