गोरखामा माओवादी कार्यकर्ताले मतदानस्थलको बार भत्काए, प्रहरीले गर्यो हवाइ फायर
काठमाडौं । गोरखाको गण्डकी गाउँपालिका ७ घ्याल्चोकको ज्ञानमार्ग माविको मतदान केन्द्रमा प्रहरीले हवाइ फायर गरेको छ । मतदानस्थलमा नेपाल कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएपछि तनावग्रस्त स्थिती नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको हो ।
झडपमा माओादी कार्यकर्ताले मतदानस्थलको बार पनि भत्काएका छन् । विवादका कारण केही समयका लागि मतदान स्थगित भएको थियो । जुन अहिले पुनः सुचारु भइसकेको छ ।
अवस्था जटिल भएपछि मतदान केन्द्रमा अहिले सेनासहितका थप सुरक्षा टोली खटाइएको छ ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया