११ बजेसम्म खस्यो १५ प्रतिशत मत
काठमाडौं । स्थानीय तह निर्वाचनमा अहिलेसम्म देशभर १५ प्रतिशत मत खसेको छ ।
शुक्रबार बिहान ११ बजेसम्म देशभरका स्थानीय तहमा १५ प्रतिशत मतदाताले मत जाहेर गरेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार, देशभरका १५ मतदान केन्द्रमा भने मतदान स्थगित भएको छ । राजनीतिक दलबीचको विवाद, झडपलगायत कारणले मतदान स्थगित भएका हुन् । स्थिति तनावग्रस्त बनेपछि कतिपय स्थानमा प्रहरीले हवाई फायर नै गरेको छ ।
शुक्रबार बिहान ७ बजेदेखि सुरु मतदान साँझ ५ बजेसम्म चल्नेछ ।
स्थानीय तह निर्वाचनमा देशभर १ लाख ४५ हजार ११ उम्मेदवार चुनावी मैदानमा छन् । मतदाताले मत जाहेर गरेर यिनैमध्येबाट जनप्रतिनिधि चयन गर्नेछन् ।
ताजा अपडेट
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
अण्डाको मूल्य बढ्दा पनि किसानले अझै पाएनन् लागत मूल्य
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना


प्रतिक्रिया