कास्कीमा ४० प्रतिशत मत खस्यो
गण्डकी । स्थानीय तह निर्वाचनअन्तर्गत आज कास्कीमा ११ बजेसम्म ४० प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा बिहानैदेखि अधिकांश मतदान केन्द्रमा मतदाता खचाखच लामबद्ध भएको तथा ११ बजेसम्म करिव ४० प्रतिशत मत खसेको निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।
हालसम्म सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको जानकारी दिँदै उनले निर्वाचनमा सर्वसाधारणको उत्साहपूर्ण सहभागिता रहेको बताए । कूल ३३६ मतदान केन्द्र रहेको कास्कीका पाँच पालिकामध्ये पोखरा महानगरपालिकामा दुई लाख सात हजार ७१२ जना मतदाता छन् भने अन्नपूर्ण गाउँपालिकामा २० हजार ३४८ मतदाता छन् ।
त्यस्तै माछापुच्छ्रे गाउँपालिकामा २० हजार ३१६, मादी गाउँपालिकामा १८ हजार ७८२ र रुपा गाउँपालिकामा १४ हजार ६७५ मतदाता रहेका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया