स्थानीय तह निर्वाचन : यस्तो देखियो नागढुंगा नाका (८ तस्बिरसहित)

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि शुक्रबार काठमाडौं उपत्यकाको शान्तिसुरक्षा अत्यन्तै कडा पारिएको छ ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखि उपत्यकाका सबै नाका प्रवेशमा कडाइ गरिएको छ । चोक-चोकमा सुरक्षाकर्मीले चेकजाँच चुस्त दुरुस्त पारेका छन् । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना सुरक्षामा खटिएका छन् ।
त्यस्तै उपत्यकाका महत्वपूर्ण नाका नागढुंगा सुनसान देखिएको छ । दैनिक हजारौं गाडी आवातजावत हुने यस नाकाबाट एम्बुलेन्सलगायत केही साधन मात्र चलेका छन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले अहिलेसम्म उपत्यकाको शान्तिपूर्ण रहेको जानकारी दिएका छन् । नागढुंगामा अहिले चन्द्रागिरी नगरपालिका–१ अन्तर्गतको मतदान भइरहेको छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया