स्थानीय तह निर्वाचन : यस्तो देखियो नागढुंगा नाका (८ तस्बिरसहित)
काठमाडौं । स्थानीय तह निर्वाचनका लागि शुक्रबार काठमाडौं उपत्यकाको शान्तिसुरक्षा अत्यन्तै कडा पारिएको छ ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखि उपत्यकाका सबै नाका प्रवेशमा कडाइ गरिएको छ । चोक-चोकमा सुरक्षाकर्मीले चेकजाँच चुस्त दुरुस्त पारेका छन् । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना सुरक्षामा खटिएका छन् ।
त्यस्तै उपत्यकाका महत्वपूर्ण नाका नागढुंगा सुनसान देखिएको छ । दैनिक हजारौं गाडी आवातजावत हुने यस नाकाबाट एम्बुलेन्सलगायत केही साधन मात्र चलेका छन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले अहिलेसम्म उपत्यकाको शान्तिपूर्ण रहेको जानकारी दिएका छन् । नागढुंगामा अहिले चन्द्रागिरी नगरपालिका–१ अन्तर्गतको मतदान भइरहेको छ ।

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया