जुम्लामा कांग्रेस र नेकपा एसबीच झडप, सहायक मतदान अधिकृत घाइते

काठमाडौं । जुम्लामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी (नेकपा एस)का कार्यकर्ताबीच झडप भएको छ ।
गुठचौर गाउँपालिका–३ गज्यांकोटस्थित शंकर बहुउद्देश्यीय माविमा रहेको मतदान केन्द्रमा दुई पार्टीका कार्यकर्ताबीच झडप भएको हो ।
झडपका क्रममा सहायक मतदान अधिकृत रवि भण्डारीको घुँडामा चोट लागेको छ प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले जानकारी दिए ।
मतदाताले मतदाता परिचयपत्र च्यात्न खोजेपछि विवाद भएको बताइएको छ ।
प्रतिक्रिया