१०२ वर्षीया बृद्धाले खसालिन् पहिलो मत
कञ्चनपुर । स्थानीय तहका लागि भइरहेको निर्वाचनमा शुक्लाफाँटा नगरपालिका–२ ढकनियाका १०२ वर्षीया यशोदादेवी पनेरुले मतदान गरेकी छिन् ।
मतदान अधिकृत महेशराज भट्टका अनुसार वैजनाथ आधारभूत विद्यालय लक्ष्मीपुर ‘ख’ मतदान केन्द्रमा उनले पहिलो मत खसालेकी हुन् । ज्येष्ठ नागरिक यशोदाका छोरा जनकराज पनेरुले उनले रुचाएका उम्मेदवारलाई मतदान गर्न सघाइन् । पञ्चायती व्यवस्थादेखि आफू हालसम्म निरन्तररुपमा मतदानमा सहभागी हुँदै आएको यशोदाले बताइन् ।
“गाउँको विकासमा योगदान गर्नसक्ने उम्मेदवारलाई मतदान गरेँ”, उनले भनिन्, “सबैजनाले योग्य उम्मेदवारलाई मतदान गरी पुण्य कमाउनुपर्छ । मतदान गर्नु पनि तीर्थ गएसरह नै हो । विजयी हुने उम्मेदवारले मतको कदर गरी नाम कमाउनुपर्छ ।”
आमाले मतदान गर्ने इच्छा व्यक्त गरेकाले आफूले मतदानस्थल पुर्याएको यशोदाका छोरा जनकराज पनेरुले बताए । “मोटरसाइकलमा बोकेर मतदान केन्द्रसम्म पु¥यायौँ र मतदानपश्चात् घर पु¥याएका छौँ,” उनले भने ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया