काभ्रेको पाँचखालमा मतदानस्थल नै तोडफोड
काठमाडौं । मतदान अधिकृतले धाँधली गरेको भन्दै काभ्रेको पाँचखाल नगरपालिकामा तनावको स्थिति सिर्जना भएको छ ।
पाँचखाल १३ को श्रीराम मावि केन्द्रमा मतदान अधिकृतबाटै धाँधली भएको भन्दै आक्रोशित समूहले मतदानस्थलमा तोडफोड गरेका हुन् ।
मतपेटिकासहित निर्वाचन सामग्री, टेबल, कुर्सीसहितका सामग्री तोडफोड गरिएपछि मतदान स्थगित भएको छ ।
मतदान अधिकृतले एमाले निकटकालाई १० वटा मतपत्र दिएको भन्दै सत्तारुढ दलका कार्यकर्ताले मतदानस्थलमा तोडफोड गरेका हुन् ।
काभ्रेका प्रहरी प्रमुख एसपी चक्रराज जोशीका अनुसार मतपत्रको विषयले मतदानस्थलमा झडपको स्थिति उत्पन्न भएको हो ।
मतपेटिकासमेत तोडफोडको प्रयास भएपछि प्रहरीले उच्च सतर्कता देखाउँदै मतपेटिका सुरक्षित गरेको जनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया