निर्वाचन आयोगले बाबुरामलाई सोध्यो २४ घण्टे स्पष्टीकरण
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई स्पष्टीकरण सोधेको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले गोप्य हुनुपर्ने मतदान सार्वजनिक गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।
‘२४ घण्टाभित्र जवाफ दिनू भनेर उनका नाममा पत्र काटिएको निर्वाचन आयोग स्रोतले जनाएको छ ।
निर्वाचन कसूर तथा सजाय ऐन २०७३ अनुसार मत संकेत सार्वजनिक गर्न नहुने व्यवस्था छ । ऐनअनुसार कसैले पनि मतपत्रमा मत संकेत गरिसकेपछि त्यस्तो मतपत्र कसैलाई देखाउन, प्रदर्शन गर्न, गोप्य मत संकेत स्थलमा मत संकेत नगरी त्यसभन्दा बाहिर गई मत संकेत गर्न वा मत संकेत गरेको व्यहोरा कुनै प्रकारले सार्वजनिक गर्न हुँदैन ।
निर्वाचन कसूरअनुसार भट्टराईलाई १५ हजार रुपैयाँ जरिवाना गर्ने देखिन्छ ।
शुक्रबार पालुङटार नगरपालिका–१ अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गरेका भट्टराईले मतसंकेत गरिसकेको मतपत्र नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।
मतसंकेत सार्वजनिक गरेका बाबुरामलाई हुनसक्छ १५ हजार जरिवाना – NepalWatch
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया