NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

‘बाबुरामलाई मात्र होइन मतदान अधिकृतलाई समेत कारबाही हुन्छ’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले निर्वाचन आचारसंहिता उल्लंघन गरेपछि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

छाप लगाएकोसमेत देखिनेगरी मतदान गर्दागर्दैका तस्बिरहरू सामाजिक सञ्जालमा राखेर उनले आचारसंहिता विपरीतको काम गरेको भन्दै आयोगले २४ घण्टाभित्र जवाफ दिनू भनेर उनका नाममा पत्रसमेत काटिसकेको छ ।

भट्टराईले शुक्रबार गोरखाको पालुङटार नगरपालिका–१ अन्नपूर्ण माविको मतदान केन्द्रबाट मतदान गरेपछि तस्बिरहरू सामाजिक सञ्जालमा राखेका हुन् ।

कानूनतः स्वस्तिक छापसहितको मतपत्र सार्वजनिक गर्नेलाई मतदान अधिकृतले घटनास्थलमै १५ हजार जरिवाना तिराउनुपर्ने तर त्यो नगरिएकाले उनीमाथि पनि कारबाही हुनसक्ने आयोगका एक अधिकारीले बताए ।

निर्वाचन आयोगले बाबुरामलाई सोध्यो २४ घण्टे स्पष्टीकरण – NepalWatch

ताजा अपडेट

नेपालवाच विशेष