रौतटहमा मतपेटिका लुटेर स्थानीय खेतैखेत भागेपछि ….
काठमाडौं । रौतहटस्थित यमुनामाइ गाउँपालिकाका स्थानीयले मतपेटिका नै लुटेर खेतैखेत भागेका छन् ।
जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएअनुसार उक्त गाउँपालिकाको वडा नं २ को स्थित मा.वि भेडियाही मतदानस्थलबाट मतपेटिका लुटिएको हो ।
मतपेटिकासहित स्थानीयलाई अहिले प्रहरीले नियन्त्रणमा लिइसकेको छ । अवस्था तनावग्रस्त भएपछि हाललाई चुनाव स्थगित भएको जिप्रका कर्मचारीले जानकारी दिए ।

भीडले मतपत्र च्यात्नदेखि मतपेटिका नै लुट्ने काम गरेका थिए । मतपेटिका लुटिएपछि मतदान अधिकृतले पुनः निर्वाचन हुने सूचना जारी गरेका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया