प्रधानमन्त्री देउवाले भने– निर्वाचन निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण
काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले देशभर भएको स्थानीय तहको निर्वाचन निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण भएको बताएका छन् ।
निर्वाचन सकिएलगत्तै कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले देउवाको तर्फबाट जारी गरेको विज्ञप्तिमा जनताको उत्साहपूर्ण र सक्रिय सहभागिताले सरकार र राजनीतिक दलहरूलाई थप प्रेरणा मिलेको उल्लेख छ ।
निर्वाचन सफल पार्न खटिने कर्मचारी, सुरक्षाकर्मीसहितलाई देउवाले धन्यवाद दिएका छन् ।

ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया