प्रधानमन्त्री देउवाले भने– निर्वाचन निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण

काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले देशभर भएको स्थानीय तहको निर्वाचन निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण भएको बताएका छन् ।
निर्वाचन सकिएलगत्तै कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले देउवाको तर्फबाट जारी गरेको विज्ञप्तिमा जनताको उत्साहपूर्ण र सक्रिय सहभागिताले सरकार र राजनीतिक दलहरूलाई थप प्रेरणा मिलेको उल्लेख छ ।
निर्वाचन सफल पार्न खटिने कर्मचारी, सुरक्षाकर्मीसहितलाई देउवाले धन्यवाद दिएका छन् ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया