प्रमुख निर्वाचन आयुक्तले भने, ‘निर्वाचन अपेक्षा गरेअनुसार भएन’
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन अपेक्षा गरेअनुसार नभएको बताएका छन् ।
निर्वाचन अवधि सकिएलगत्तै आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस्तो बताएका हुन् ।
‘आयोगले अपेक्षा गरेअनुसार मत दान भएन कि भन्ने लागेको छ,’ उनले भने । मतदाता धेरै भएका ठाउँमा कम मतदान हुनेबित्तिकै कम अंक पाएको उनले बताए ।
यसअघि उनले देशभरका स्थानीय तहमा ६४ प्रतिशत मतदान भएको जनाएका छन् ।
उनका अनुसार केही स्थानीय तहमा आज रातिबाटै मतगणना सुरु हुनेछ । १८ स्थानीय तहको पूर्ण मतदान सकिएपछि मतगणना हुने र केहीमा मतपेटिका संकलत भए पनि भोलि विाहानबाट मतगणना हुने उनले जानकारी दिए ।
एकैपटक निर्वाचन सम्पन्न गर्नुपर्दा पर्याप्त सुरक्षा दिन नसकिएको र राजनीतिक दलहरुले साह्रै सानो विषयमा पनि अनावश्यक विवाद सिर्जना गर्दा आयोग चिन्तित भएको उनले बताए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया