प्रमुख निर्वाचन आयुक्तले भने, ‘निर्वाचन अपेक्षा गरेअनुसार भएन’

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन अपेक्षा गरेअनुसार नभएको बताएका छन् ।
निर्वाचन अवधि सकिएलगत्तै आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस्तो बताएका हुन् ।
‘आयोगले अपेक्षा गरेअनुसार मत दान भएन कि भन्ने लागेको छ,’ उनले भने । मतदाता धेरै भएका ठाउँमा कम मतदान हुनेबित्तिकै कम अंक पाएको उनले बताए ।
यसअघि उनले देशभरका स्थानीय तहमा ६४ प्रतिशत मतदान भएको जनाएका छन् ।
उनका अनुसार केही स्थानीय तहमा आज रातिबाटै मतगणना सुरु हुनेछ । १८ स्थानीय तहको पूर्ण मतदान सकिएपछि मतगणना हुने र केहीमा मतपेटिका संकलत भए पनि भोलि विाहानबाट मतगणना हुने उनले जानकारी दिए ।
एकैपटक निर्वाचन सम्पन्न गर्नुपर्दा पर्याप्त सुरक्षा दिन नसकिएको र राजनीतिक दलहरुले साह्रै सानो विषयमा पनि अनावश्यक विवाद सिर्जना गर्दा आयोग चिन्तित भएको उनले बताए ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया