देशभर ४४ मतदान केन्द्रमा मतदान स्थगित

काठमाडौं । शुक्रबार भएको स्थानीय तह निर्वाचनमा ४४ मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।
निर्वाचन आयोगका अनुसार १४ जिल्लाका १७ स्थानीय तहका २८ मतदानस्थलका ४४ मतदान केन्द्रमा मतदान स्थगित भएको हो ।
स्थगित भएका मतदान केन्द्रमा सम्बन्धित निर्वाचन अधिकृतसँग समन्वय गरेर छिटै मतदानको व्यवस्था गरिने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।
प्रतिक्रिया