NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

तनावपछि स्थगित हुम्लामा रातिसम्मै मतदान

काठमाडौं । कर्णालीको हिमाली जिल्ला हुम्लामा स्थगित भएको एक गाउँपालिकामा ९ बजेसम्म मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

हुम्लाको चंखेली गाउँपालिकामा भएको झडपमा मतदान अधिकृत कृष्णप्रसाद आचार्य र कार्यलय सहयोगी काला रोकाय घाइते भएका थिए । स्थिति असामान्य भएपछि त्यहाँको मतदान स्थगित भएको थियो । घाइते अधिकृतलाई नेपाली सेनाले हेलिकप्टरबाट उद्धार गरी सुर्खेत ल्याइएको थियो ।

मतदानका क्रममा प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले गोली चलाएको थियो । उक्त घटना चंखेली गाउँपालिका–२ स्थित महादेव मावि मतदान केन्द्रमा भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरूको उपचार सुर्खेत अस्पतालमा हुँदैछ ।

त्यस्तै नवलपरासीमा पानीको कारण रोकिएको सात स्थानको १० मतदान केन्द्रमा स्थगित भएको मतदान ८ बजेसम्म भएको थियो । ३४ स्थानको ४४ केन्द्रका मतदान स्थगित भएको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिने थपलियाले जानकारी दिए ।