गोविन्दराज जोशीका छोरा कुटिएको वडामा पुनः मतदान गर्न माग

काठमाडौं । नेकपा (एमाले) र गोविन्दराज जोशी समूहले तनहुँको व्यास नगरपालिकाको वडा नबर ८ स्थित रिस्तका दुवै बुथमा पुनः मतदान गर्न माग गरेको छ ।
यो ठाउँमा नेपाली कांग्रेसले एकलौटी कब्जा गरेको भन्दै पुनः मतदानको माग गरिएको हो ।
कांग्रेसका मेयर उम्मेदवार वैकुण्ठ न्यौपाने पक्षधर व्यक्तिहरूले मतदान केन्द्र नियन्त्रणमा लिएको सो समूहको आरोप छ ।
गोविन्दराजका छोरासमेत रहेका मेयरका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीसहित एमालेका मतदान प्रतिनिधिहरूलाई समेत कुटपिट गरेको भन्दै पुनः मतदानको माग गरिएको हो ।
एमालेका राजेश्वर ढकाल र जोशी समूहका हरिशरण पण्डितले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया