गोविन्दराज जोशीका छोरा कुटिएको वडामा पुनः मतदान गर्न माग
काठमाडौं । नेकपा (एमाले) र गोविन्दराज जोशी समूहले तनहुँको व्यास नगरपालिकाको वडा नबर ८ स्थित रिस्तका दुवै बुथमा पुनः मतदान गर्न माग गरेको छ ।
यो ठाउँमा नेपाली कांग्रेसले एकलौटी कब्जा गरेको भन्दै पुनः मतदानको माग गरिएको हो ।
कांग्रेसका मेयर उम्मेदवार वैकुण्ठ न्यौपाने पक्षधर व्यक्तिहरूले मतदान केन्द्र नियन्त्रणमा लिएको सो समूहको आरोप छ ।
गोविन्दराजका छोरासमेत रहेका मेयरका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीसहित एमालेका मतदान प्रतिनिधिहरूलाई समेत कुटपिट गरेको भन्दै पुनः मतदानको माग गरिएको हो ।
एमालेका राजेश्वर ढकाल र जोशी समूहका हरिशरण पण्डितले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया