NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

नुवाकोटको दुप्चेश्वरमा कांग्रेसको अग्रता

काठमाडौं । नुवाकोटको दुप्चेश्वरको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन् ।

शनिबार बिहान ४ः५० को मत परिणामअनुसार, १५० मत गणना हुँदा अध्यक्षमा कांग्रेस उम्मेदवारले ६७ मत पाएका छन् । उनलाई एमालेका उम्मेदवारले ४१ मतका साथ पछ्याइरहेका छन् । त्यहाँ माओवादीका अध्यक्ष उम्मेदवारले पाएको मत ३७ छ ।

उपाध्यक्षमा कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवारले क्रमशः ७१, ३४ र ३८ मत पाएका छन् ।

यो गाउँपालिकाको वडामा पनि कांग्रेसका उम्मेदवारले लिड गरिरहेका छन् ।