NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

प्रधानमन्त्री देउवाको स्थानीय तहमा कांग्रेस दोब्बर मतले अगाडि, कसले कति मत ल्याए ? 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भोट हालेको गन्यापधुरा गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार दोब्बर मतले अगाडि देखिएका छन् । कांग्रेसका इन्द्रबहादुर कार्कीले ५ सय मत ल्याएका छन् ।

अध्यक्षमा कांग्रेस बिपीका सुरेन्द्र मालीले २७६ मत ल्याएका छन् । यहाँ एमालेले कांग्रेस बिपीलाई अध्यक्षमा समर्थन गरेर उपाध्यक्षमा आफ्नो उम्मेदवार अघि सारेको थियो । उपाध्यक्षमा एमाले उम्मेदवार इन्द्रबहादुर महराले २७५ मत ल्याएका छन् । उपाध्यक्षमा कांग्रेसकै ज्ञानुकुमारी सेटीले ४५२ मत ल्याएर अग्रता बनाएकी छिन् ।