गोविन्दराज जोशीका छोरालाई थप उपचारका लागि काठमाडौं ल्याइँदै
काठमाडौं । तनहुँको ब्यास नगरपालिकामा मतदान अवलोकनका क्रममा कांग्रेस कार्यकर्ताको आक्रमणमा परी घाइते भएका दीपकराज जोशीलाई थप उपचारको लागि काठमाडौं ल्याइने भएको छ ।
ब्यास नगरपालिका–८ स्थित मतदान केन्द्र निरीक्षणका लागि पुगेका उनीमाथि कांग्रेस कार्यकर्ताले कुटपिट गरेका थिए । टाउकोमा गहिरो चोट लागेको उनको फिस्टेल अस्पतालमा उपचार भएको थियो ।
थप उपचारको लागि काठमाडौंस्थित फ्रन्टलाइन अस्पतालमा नयाँ बानेश्वरमा ल्याइँदै गरेको उनका बाबु गोविन्दराज जोशीले जानकारी दिएका छन् । नेता रामचन्द्र पौडेलको गृहनगर ब्यास नगरपालिका–८ मा जोशी पिटिएका थिए ।
उनी स्वतन्त्र रूपमा ब्यास नगरपालिकाको मेयरको प्रतिस्पर्धामा छन् । कैंची चुनाव चिह्न पाएका उनलाई एमालेको साथ छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया