विराटनगरमा एमालेविरुद्ध कांग्रेसका नागेश अगाडि, कसले कति मत ल्याए ?
काठमाडौं । विराटनगर महानगरपालिकामा कांग्रेसका नागेश कोइरालाले अग्रता लिएका छिन् ।
विरानटगर १ मा १५० गणना हुँदा नागेशले ५५, एमालेका सागर थापाले २२ मत ल्याएका छन् । स्वतन्त्रका उमेश यादवले १३ मत प्राप्त गरेका छन् । विराटनगरमा २०७४ सालमा कांग्रेसले र मेयर र उपमेयर दुवै कांग्रेसले जितेको थियो ।
उपमेयरमा एमाले उम्मेदवार शिल्पा कार्की अगाडि देखिएकी छन् । उनले ३० मत ल्याउँदा सत्ता गठबन्धनका उम्मेदवार अमरेन्द्र यादवले २५ मत ल्याएका छन् । स्वतन्त्रका नमिता न्यौपानेले १२ मत ल्याएकी छिन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया