भरतपुरमा रेनु र विजयबीच एक भोट अन्तरको रोचक प्रतिस्पर्धा

काठमाडौं । स्थानीय तह निर्वाचनको इपिसेन्टर देखिएको भरतपुर महानगरपालिकाdf सुरुवातदेखि कडा प्रतिस्पर्धा देखिएको छ ।
मेयरमा सुरुवातको ३० भोट गणना हुँदा माओवादीकी रेनु दाहालले १३ भोट पाएकी छिन् । एमालेका विजय सुवेदीको १२ भोट आएको छ । विजय एक भोटले पछि परेका हुन् ।
कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले अहिलेसम्म एक भोट मात्रै पाएका छन् ।
कांग्रेसबाट पौडेलको बागी उम्मेदवारी परेपछि भरतपुरलाई सत्ता गठबन्धनले निक्कै प्राथमिकता दिएको थियो ।
२०७४ सालमा पनि भरतपुर माओवादीलाई छोडेपछि कांग्रेसमा असन्तुष्टि छ । यसको फाइदा उठाउने दाउमा एमाले छ ।
ताजा अपडेट
-
प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताको छलफल सुरु
-
सरकार र यातायात व्यवसायीबीच वार्ता सुरु
-
सुजित घिमिरे र देवी घर्तीको स्वरमा ‘सिसा झ्यालैमा’ गीत सार्वजनिक (भिडियाेसहित)
-
सङ्घीय सरकारबाट प्रदेशलाई जाने बजेटः कर्णालीलाई सबैभन्दा बढी, गण्डकीलाई कम
-
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाए
प्रतिक्रिया