दीपकराजको टिप्पणी, ‘एमाले र कांग्रेस मिलेका भए बालेनलाई हराउन सक्ने रहेछन्’
काठमाडौं । काठमाडौं महानगरपालिको मेयरमा ठूला पार्टी र गठबन्धनका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह बालेनले अग्रता लिएकोप्रति कलाकार दीपकराज गिरीले प्रतिक्रिया जनाएका छन् ।
उनले बालेनले जित्ने दाबी गर्दै एमाले र कांग्रेस मिलेर चुनाव भएमात्र उनलाई हराउन सक्ने भन्दै ठट्टा गरेका छन् ।
‘काठमाडौं महानगरपालिकोको प्रारम्भिक परिणाम हेर्दा लाग्छ एमाले र कांग्रेस मिलेर चुनाव लडेको भए बालेनलाई हराउन सक्ने रहेछन्,’ उनले फेसबुकमा लेखेका छन् ।
पछिल्लो गणनाअनुसार काठमाडौं महानगरमा बालेनले ५३८, एमालेका केशव स्थापितले ४१४ र सिर्जना सिंहले ३०७ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेकी सिर्जना गठबन्धनकी उम्मेदवार हुन् ।
ताजा अपडेट
-
मित्रराष्ट्रहरूसँग बेलैमा सहयोग मागेको भए थप व्यक्तिहरूको ज्यान जोगाउन सकिन्थ्यो
-
भोटेकोशी बाढी : खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मी र राष्ट्रसेवकलाई जोखिम भत्ता
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
सरकारले भदौ २३ गते जेनजी दिवस मनाउन सार्वजनिक बिदा दिने
-
भोटेकोशी बाढी : ११ हजार ९९३ जनाको उद्धार


प्रतिक्रिया