NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

माधव नेपालको क्षेत्रमा बालेनलाई अत्यधिक मत

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको मुख्य इलाका रहेको काठमाडौं वडा नं ३२ मा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह बालेनले धेरै मत प्राप्त गरेका छन् ।

वडा न १ र ३२ बाट एकसाथ सुरु भएको मतगणनामा बालेनले ५६८, नेकपा (एमाले)को तर्फका उम्मेदवार केशव स्थापितले ४१५ र कांग्रेसकी सिर्जना सिंहले ३०७ मत प्राप्त गरेका छन् ।

नेता नेपालको निवास ३२ नम्बर वडास्थित कोटेश्वरमा पर्छ । यो वडा उनले संसदीय चुनाव जितेको क्षेत्र नं २ पनि हो । नेपालको बलियो पकड भएको क्षेत्र मानिए पनि बालेनले उक्त क्षेत्रबाट जबरस्त मत ल्याउन सफल भएका छन् ।

काठमाडौंको कोटेश्वर, नरेफाँट, जडीबुटी, पेप्सीकोला र खहरे ३२ नम्बर वडाभित्र पर्छन् । प्रारम्भिक चरणबाटै उक्त वडाको अधिकांश मत बालेनले आफ्नो पोल्टामा पार्दै आएका छन् ।

काठमाडौं महानगरको मतगणना आज बिहान ८ बजे राष्ट्रिय सभागृहबाट सुरु भएको हो ।

दीपकराजको टिप्पणी, ‘एमाले र कांग्रेस मिलेका भए बालेनलाई हराउन सक्ने रहेछन्’ – NepalWatch

ताजा अपडेट

नेपालवाच विशेष