बरहथवा नगरपालिका–१७ मा पुनः मतदान हुने
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–१७ मा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगले उक्त वडामा पुनः मतदान गर्ने निर्णय गरेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका निर्वाचन अधिकारी दिवाकर भुजेलले जानकारी दिए । उनका अनुसार निर्वाचन अधिकृतको कार्यालय बरहथवाले सर्बदलीय बैठक राखेर त्यहाँ मतदानको मिति तोक्ने छ ।
जनता समाजवादी पार्टीले आफू पक्षीय मतदातालाई शुक्रबार बिहानै मतदान गराएपछि मध्याह्नदेखि भने अन्य पार्टी पक्षीय मतदातालाई मत हाल्नै नदिएको नेपाली कांग्रेस, नेकपा (एमाले), जनमत पार्टी र स्वतन्त्र उम्मेदवारले आरोप लगाएका छन् । उनीहरूले निर्वाचन अधिकृतको कार्यालय बरहथवामा दर्ता गराएको संयुक्त लिखित निवेदनमा जसपाका उम्मेदवार रामविश्वास राय लगायतले नेकपा (माओवादी केन्द्र)का वीरेन्द्र राय लगायतलाई मरणासन्न हुनेगरी कुटपिट गरेको उल्लेख गरिएको छ ।
सो वडाको आधारभूत विद्यालय परोरिया मतदान स्थलअन्तर्गत दुई मतदान केन्द्रमा जम्मा १ हजार ९५४ मतदाता भए पनि त्यहाँ शुक्रबार साँझसम्म ३७२ मत मात्र खसेको थियो । वडाको विवादका कारण बरहथवा नगरपालिकाको मतगणना हुन सकेको थिएन । बरहथवाका निर्वाचन अधिकृत दशरथ पङ्गेनीले प्रचलित ऐन नियमअनुसार सर्बदलीय बैठक राखेर सो वडामा पुनः मतदानको मिति तय गरिने छ ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया