स्थापितभन्दा बालेन १६८ मतले अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र शाह बालेनको अग्रता कायमै रहेको छ । दुई हजार ८१ मत गणना भइसक्दा बालेन दोस्रो स्थानका स्थापितभन्दा १६८ मतले अघि छन् ।
बालेनले ६३२ मत तथा स्थापितले ४६४ मत ल्याएका छन् ।
सत्ता गठवन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सिर्जना सिंह तेस्रोमा छिन् । उनको पक्षमा ३३१ मत खसेको छ ।
हाल काठमाडौंका १,२,३,४ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ ।
उपमेयरमा एमालेकी सुनिता डंगोलले फराकिलो अन्तराल कायम गरेकी छिन् ।
उनले हालसम्म ६९१ भोट ल्याउँदा नेकपा एसका उम्मेदवार रामेश्वर श्रेष्ठले २११ मतमात्र पाएका छन् ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया