काठमाडौंमा अग्रता बढाउँदै बालेन, पछि पर्दै गएका स्थापित र सिंहको मत कति ?

काठमाडौं । काठमाडौंको मेयरमा स्वतन्त्रका बालेन शाहले अग्रता बढाउँदै लगेका छन् । ३ हजार ६३० मत गणना हुँदा बालेनले ३५८ मतको अग्रता लिएका हुन् ।
एमाले मेयरका उम्मेदवार केशव स्थापितले ८७२ मत प्राप्त गरेका छन् । कांग्रेसकी सिर्जना सिंहले सात सय मत ल्याएकी छन् ।
सुरुदेखि नै काठमाडौंमा बालेनले अग्रता बनाउँदै आएका थिए । यो क्रम अहिलेसम्म एकपटक पनि रोकिएको छैन ।
काठमाडौंमा ३२ वडामध्ये वडामध्ये वडा १, २, ३, ४ र ३२ मा मतगणना भइरहेको छ । पहिले १ र ३२ को भएकोमा पछि २, ३ र ४ को पनि गणना हुन थालेको हो ।
३२ नम्बर वडाबाट बालेनले राम्रो मत बटुलेका थिए ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया