विप्लवका नेता पनि निर्वाचित

काठमाडौं । स्थानीय तहको निर्वाचनमा विप्लव नेतृत्वको नेकपाका उम्मेदवार विजयी भएका छन् । प्युठानको माण्डवी गाउँपालिका १ बाट विप्लवका पार्टी नेता वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
बामबहादुर बुढालाई जिताउन कांग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा एक ठाउँमा उभिएका थिए ।
विजयी बुढाले ७७० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेकारिखबहादुर गौतमले ६२८ मत ल्याए ।
प्रतिक्रिया