NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

बझाङको साइपाल अध्यक्षमा एमाले उम्मेदवार विजयी

बझाङ । बझाङको साइपाल गाउँपालिकामा नेकपा (एमाले) का मानबहादुर बोहराले ६७५ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका छन् । नेपाली कांग्रेसका उज्वल बोहोराले ६१३ मत ल्याएर पराजित भएका हुन् ।

गाउँपालिका उपाध्यक्षमा पनि एमालेको डोल्मा तामाङ ६७५ मतसहित विजयी भएकी छन् । उनका प्रतिस्पर्धी कांग्रेसको बाटु बोहराले ६१९ मत प्राप्त गरेकी हुन् । यस्तै यस पालिकाको वडा नं १ मा प्यानलसहित एमालेका नरेन्द्र धामी विजयी भएका छन् ।

वडा नं २ मा कांग्रेसका हरिलाल बोहरा विजयी भएका छन् भने वडा नं ३ मा एमालेका गोरख बोहरा प्यानलसहित विजयी भएका छन् ।

त्यस्तै वडा नं ४ मा कांग्रेसका जयसिंह रोकाया प्यानलसहित विजयी भएका छन्, भने वडा नं ५ एमालेका जयपाल बोहरा प्यानलसहित विजयी भएको जनाइएको छ ।