बझाङको साइपाल अध्यक्षमा एमाले उम्मेदवार विजयी
बझाङ । बझाङको साइपाल गाउँपालिकामा नेकपा (एमाले) का मानबहादुर बोहराले ६७५ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका छन् । नेपाली कांग्रेसका उज्वल बोहोराले ६१३ मत ल्याएर पराजित भएका हुन् ।
गाउँपालिका उपाध्यक्षमा पनि एमालेको डोल्मा तामाङ ६७५ मतसहित विजयी भएकी छन् । उनका प्रतिस्पर्धी कांग्रेसको बाटु बोहराले ६१९ मत प्राप्त गरेकी हुन् । यस्तै यस पालिकाको वडा नं १ मा प्यानलसहित एमालेका नरेन्द्र धामी विजयी भएका छन् ।
वडा नं २ मा कांग्रेसका हरिलाल बोहरा विजयी भएका छन् भने वडा नं ३ मा एमालेका गोरख बोहरा प्यानलसहित विजयी भएका छन् ।
त्यस्तै वडा नं ४ मा कांग्रेसका जयसिंह रोकाया प्यानलसहित विजयी भएका छन्, भने वडा नं ५ एमालेका जयपाल बोहरा प्यानलसहित विजयी भएको जनाइएको छ ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया