स्थानीय तह निर्वाचन, जहाँ हुनेछ भोलि मतदान

काठमाडौं । निर्वाचन आयोगले शुक्रबार सातै प्रदेशमा एकसाथ हुने स्थानीय तह निर्वाचनको अन्तिम तयारी पूरा भए पनि केही स्थानमा निर्वाचन नहुने जनाएको छ । आयोगको सूचना अनुसार ९ जिल्लाको विभिन्न स्थानीय तहको निर्वाचन कार्यतालिका संशोधन तथा नयाँ कार्यतालिका सार्वजनिक गरेको छ ।
विभिन्न स्थानीय तहमा उम्मेदवारी दिएका उम्मेदवारहरूको मृत्युपछि निर्वाचन कार्यतालिका संशोधन गरेर नयाँ सार्वजनिक गरिएको हो ।
उम्मेदवारको मृत्युपछि निर्वाचन स्थगित भएका स्थानीय तहमा सुनसरीको हरिपुर गाउँपालिका, रौतहटको वृन्दावन नगरपालिका, मोरङको केराबारी गाउँपालिका र कपिलपस्तुको बुद्धभूमि नगरपालिका छन् ।
त्यस्तै, रूपन्देहीको मर्चबारी गाउँपालिका, कपिलवस्तुको कपिलवस्तु र महाराजगञ्ज नगरपालिका, सिरहाको सिरहा नगरपालिका र दाङको तुलसीपुर नगरपालिकाको केही मतदान केन्द्रका पनि केही मतदान केन्द्रमा मतदान हुन बाँकी छ ।
कपिलवस्तुको महाराञ्ज र दाङको तुलसीपुर–२७ मा उम्मेदवारको मृत्यु भएपछि मतदान प्रभावित भएको हो । कांग्रेसले महाराजगञ्जको उप्रमुखमा उतारेको शुभावती कुर्मी र तुलसीपुर–१७ का एमाले वडाध्यक्ष उम्मेदवार लभरू चौधरीको गत वैशाख २७ मा मृत्यु भएको थियो ।
टिकट पाएर मतदानपूर्व मृत्यु हुनेमा सुनसरीको हरिपुर गाउँपालिका–६ मा कांग्रेसकातर्फबाट दलित महिला सदस्यमा टिकट पाएकी मडुवादेवी चमार, रौतहटको वृन्दावन नगरपालिका–५ कि जसपाकी महिला सदस्य उम्मेदवार मीना देवी छन् ।
मोरङको केराबारी गाउँपालिका–२ का कांग्रेस सदस्यका उम्मेदवार नवीन लिम्बू, कपिलवस्तुको बुद्धभूमि नगरपालिका–८ का एमाले वडाध्यक्षका उम्मेदवार ओमप्रकाश तिवारीको निर्वाचनपूर्व मृत्यु भएपछि त्यहाँको निर्धारित निर्वाचन कार्यक्रम प्रभावित भएको छ ।
रूपन्देहीको मर्चवारी गाउँपालिका–३ का एमाले दलित महिला सदस्य उम्मेदवार कुसुमी पासिन, कपिलवस्तुको कपिलवस्तु नगरपालिका–१० का माओवादी केन्द्रका वडा सदस्य उम्मेदवार राजेन्द्र चौधरी थारू र सिरहाको सिरहा नगरपालिका–५ का एमाले वडा सदस्य उम्मेदवार मुना सेखको पनि निर्वाचन प्रतिस्पर्धाकै दौरानमा इहलीला समाप्त भयो ।
प्रतिक्रिया