झनै पछाडि पर्दै स्थापित
काठमाडौं । काठमाडौं महानगरपालिकाको नयाँ मतपरिणाम प्राप्त भएको छ । विवरणअनुसार बालेन शाहले निकटतम प्रतिद्वन्द्वीभन्दा दोब्बर मतप्राप्त गरेर अग्रता लिएका छन् ।
महानगरको मेयर पदका लागि स्वतन्त्रतर्फ बालेन शाह, सत्ता गठबन्धनतर्फ कांग्रेसबाट सिर्जना श्रेष्ठ र एमालेबाट केशव स्थापितबीच प्रतिस्पर्धा छ।
त्यसमध्ये बालेन शाहले २८२०मत प्राप्त गरेका छन् ।
सिर्जना श्रेष्ठले १४४९ मत प्राप्त गरेकी छिन् । एमालेका केशव स्थापित १५०७ मत सहित प्रतिस्पर्धाको दोस्रो नम्बरमा छन् ।
तेस्रो स्थानमा रहेर प्रतिस्पर्धामा रहेकी सिर्जनाले स्थापितसँग मतान्तर घटाउँदै लगेकी छिन् ।
निकटम प्रतिस्पर्धी स्थापितले प्राप्त गरेको मत बालेन शाहको भन्दा ठ्याक्कै आधा छ ।
नाेट : यसअघि तथ्यांकमा अन्यथा भएकाेमा क्षमासहित सच्याइएकाे छ । सम्पादक
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया