NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २९ गते

धादिङ अपडेट : वडाध्यक्ष निर्वाचितमा माओवादी केन्द्र अगाडी

काठमाडौँ । धादिङका स्थानीय तहका विभिन्न स्थानीय तहको मतपरिणाम आउने क्रम जारीछ । अहिलेसम्म केही वडाहरुको मतगणना सम्पन्न भएको छ ।

अहिलेसम्मको मतपरिणामअनुसार नेकपा माओवादी केन्द्र विभिन्न ७ वडामा विजयी भएको छ । माओवादी केन्द्र विजयी भएको वडाहरुमा नीलकण्ठ नगरपालिका १ मा गणेशबहादुर गुरुङ, धुनीबेसी नगरपालिका १ मा मानबहादुर तामाङ, गंगाजमुना गाउँपालिका १ मा बहादुर सिङ लामा, बेनिघाट रोराङ गाउँपालिका २ मा हेमराज भुजेल र सिद्धलेक गाउँपालिका वडा नं १ मा पेमा लामा विजयी भएका छन् ।

यस्तै गल्छी गाउँपालिका–३ मा राजन भुजेल र गजुरी गाउँपालिका–१ मा तारा भण्डारी विजयी भएका छन् । यी वडाहरुको वडाध्यक्षम माओवादी केन्द्र विजयी भएको हो ।

अहिलेसम्म नेपाली कांग्रेस विजयी भएको वडाहरुमा नेत्रावती डबजोङ गाउँपालिका १ मा ठाकुर गुरुङ, रुविभ्याली गाउँपालिका १ मा पम्बर तामाङ र बेनिघाट रोराङ गाउँपालिका १ मा जीवन सिंह तामाङ वडाध्यक्षमा विजयी भएका छन् ।

यस्तै बेनिघाट रोराङ–३ मा ऋषिनाथ त्रिपाठी र ज्वालामुखी गाउँपालिका वडा नं २ मा राजु लोप्पा वडाध्यक्षमा विजयी भएका छन् ।

नेकपा एमालेले अहिलेसम्म ४ वडाध्यक्ष मात्रै जित्न सकेको छ । ज्वालामुखी गाउँपालिका १ मा कृष्ण गिरी, गल्छी गाउँपालिका १ मा यदुकुमार खतिवडा,
गल्छी गाउँपालिका २ मा षडानन्द खनाल र थाक्रे–१ मा श्याम थापा नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा विजयी भएका छन् ।

एकिकृत समाजबादीले अहिलेसम्म रुवीभ्याली–२ को वडाध्यक्षमा मात्रै सफलता पाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष