नुवाकोटको तारकेश्वर अपडेट : अध्यक्षमा कांग्रेसलाई १११६ को अग्रता, उपाध्यक्षमा नेक टु नेक
काठमाडौं । नुवाकोटको तारकेश्वर गाउँपालिकामा कांग्रेसका अध्यक्ष उम्मेदवारले एमाले उम्मेदवारलाई १११६ मतान्तरमा पछि पारेका छन् । उपाध्यक्षमा भने एमाले उम्मेदवारको लिड छ । तर अध्यक्षको तुलनामा यसमा मतान्तर निकै कम छ ।
प्राप्त पछिल्लो ताजा विवरणमा गठबन्धनका तर्फबाट कांग्रेसका अध्यक्ष उम्मेदवार शिव अधिकारीले ३१५७ मत पाएका छन् । उनलाई एमालेका रमेशबहादुर वस्तीले २०४१ मतका साथ पछ्याइरहेका छन् ।
वस्ती तारकेश्वर गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् । तर यसपटक मतगणनाको प्रारम्भदेखि नै उनी निरन्तर पछि परेका छन् । उपाध्यक्षको मत हेर्दा उनलाई एमालेबाटै भोट क्रस गरिएको देखिएको छ ।
उपाध्यक्षमा एमालेकी कोपिला भट्टले झिनो अग्रता बनाएकी छन् । उनको पक्षमा २२३२ मत खसेको छ ।
गठबन्धनको तर्फबाट उम्मेदवार रहेका माओवादीका उम्मेदवारको मत २२०३ छ ।
अध्यक्षमा एमालेको मत क्रस भएजस्तै उपाध्यक्षमा गठबन्धनको मत क्रस भएको छ । जसकारण अध्यक्षले फराकिलो मतान्तरमा लिड गरिरहँदा उनी एमालेभन्दा पछि परेका छन् ।
यो स्थानीय तहमा अब मात्रै २ वडाको गणना हुन बाँकी छ । ३, ४, ५ र ६ को गणना यसअघि गरिएको हो ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया