नुवाकोटको तारकेश्वर अपडेट : अध्यक्षमा कांग्रेसलाई १११६ को अग्रता, उपाध्यक्षमा नेक टु नेक

काठमाडौं । नुवाकोटको तारकेश्वर गाउँपालिकामा कांग्रेसका अध्यक्ष उम्मेदवारले एमाले उम्मेदवारलाई १११६ मतान्तरमा पछि पारेका छन् । उपाध्यक्षमा भने एमाले उम्मेदवारको लिड छ । तर अध्यक्षको तुलनामा यसमा मतान्तर निकै कम छ ।
प्राप्त पछिल्लो ताजा विवरणमा गठबन्धनका तर्फबाट कांग्रेसका अध्यक्ष उम्मेदवार शिव अधिकारीले ३१५७ मत पाएका छन् । उनलाई एमालेका रमेशबहादुर वस्तीले २०४१ मतका साथ पछ्याइरहेका छन् ।
वस्ती तारकेश्वर गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् । तर यसपटक मतगणनाको प्रारम्भदेखि नै उनी निरन्तर पछि परेका छन् । उपाध्यक्षको मत हेर्दा उनलाई एमालेबाटै भोट क्रस गरिएको देखिएको छ ।
उपाध्यक्षमा एमालेकी कोपिला भट्टले झिनो अग्रता बनाएकी छन् । उनको पक्षमा २२३२ मत खसेको छ ।
गठबन्धनको तर्फबाट उम्मेदवार रहेका माओवादीका उम्मेदवारको मत २२०३ छ ।
अध्यक्षमा एमालेको मत क्रस भएजस्तै उपाध्यक्षमा गठबन्धनको मत क्रस भएको छ । जसकारण अध्यक्षले फराकिलो मतान्तरमा लिड गरिरहँदा उनी एमालेभन्दा पछि परेका छन् ।
यो स्थानीय तहमा अब मात्रै २ वडाको गणना हुन बाँकी छ । ३, ४, ५ र ६ को गणना यसअघि गरिएको हो ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया