भरतपुरमा सुवेदीले फेरि बढाए अग्रता

काठमाडौं । निकै प्रतिस्पर्धात्मक देखिएको चितवनको भरतपुर महानगरपालिकामा एमाले उम्मेदवार विजय सुवेदीले आफ्नो अग्रता थप बढाएका छन् ।
यसअघि सार्वजनिक मत परिणाममा सुवेदीले रेनुलाई मात्र २ मतले उछिनेका थिए । तर पछिल्लो परिणाममा उनले रेनुभन्दा १९ मत बढी ल्याएका छन् ।
त्यहाँ रेनुले हासिल गरेको मत २५३० छ ।
मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ दाहालको पक्षमा ८३० भोट खसेको छ ।
उपाध्यक्षमा भने गठबन्धनतर्फबाट कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीको लिड छ । उनले २७६९ मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुरूले १९७५ हासिल गरेकी छन् ।
प्रतिक्रिया