विराटनगरमा नागेशलाई ९३१ को अग्रता, प्रतिस्पर्धी कसले कति ल्याए ?

काठमाडौं । विराटनगर महानगरपालिकाको प्रमुख पदमा साँझ ८ बजे प्राप्त पछिल्लो मत परिणामअनुसार गठबन्धन दल नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् ।
मुख्य निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर वुढाथोकीले मतगणना स्थल आदर्श विद्यालयबाट साँझ ८ बजे जारी गरेको सूचनामा १० हजार ५२५ मत गणना गर्दा नेकांका प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले तीन हजार २७८, नेकपा (एमाले) का सागर थापाले दुई हजार ३४७ र स्वतन्त्र उम्मेदवार (लाल्टिन) का उमेश यादवले एक हजार १७९ मत प्राप्त गरेका छन् ।
यसैगरी उपप्रमुख पदमा एमालेकी शिल्पा निराला कार्कीले दुई हजार ७०६, गठबन्धन दलका तर्फबाट जनता समाजवादी पार्टी, नेपालका अमरेन्द्र यादवले एक हजार ७९९, राप्रपाकी विन्दाकुमारी लुइँटेल आचार्यले ७७३ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने पोखरेल (लाल्टिन) ले ६९७ मत प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया