विराटनगरमा नागेशलाई ९३१ को अग्रता, प्रतिस्पर्धी कसले कति ल्याए ?
काठमाडौं । विराटनगर महानगरपालिकाको प्रमुख पदमा साँझ ८ बजे प्राप्त पछिल्लो मत परिणामअनुसार गठबन्धन दल नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् ।
मुख्य निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर वुढाथोकीले मतगणना स्थल आदर्श विद्यालयबाट साँझ ८ बजे जारी गरेको सूचनामा १० हजार ५२५ मत गणना गर्दा नेकांका प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले तीन हजार २७८, नेकपा (एमाले) का सागर थापाले दुई हजार ३४७ र स्वतन्त्र उम्मेदवार (लाल्टिन) का उमेश यादवले एक हजार १७९ मत प्राप्त गरेका छन् ।
यसैगरी उपप्रमुख पदमा एमालेकी शिल्पा निराला कार्कीले दुई हजार ७०६, गठबन्धन दलका तर्फबाट जनता समाजवादी पार्टी, नेपालका अमरेन्द्र यादवले एक हजार ७९९, राप्रपाकी विन्दाकुमारी लुइँटेल आचार्यले ७७३ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने पोखरेल (लाल्टिन) ले ६९७ मत प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया