गाउँपालिकाका निवर्तमान अध्यक्ष वडा सदस्यमै पराजित !
काठमाडौं । ०७४ को स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका एक उम्मेदवार वडा सदस्यमा नै पराजित भएका छन् ।
दैलेखको भैरवी गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रेम बुढा वडा सदस्यमै पराजित भएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयले बुढा कांग्रेसका प्रतिस्पर्धीसँग पराजित भएको जनाएको छ ।
गाउँपालिका अध्यक्षबाट राजीनामा दिएर बुढाले यसपटक वडा नं. ७ को वडा सदस्यमा उम्मेदवारी दिएका थिए । त्यसको कारण थियो, जिल्ला समन्वय समितिमा प्रवेश गर्ने बुढाको दाउ । तर पराजयसँगै उनको योजना बिथोलिन पुगेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया