NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

गाउँपालिकाका निवर्तमान अध्यक्ष वडा सदस्यमै पराजित !

काठमाडौं । ०७४ को स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका एक उम्मेदवार वडा सदस्यमा नै पराजित भएका छन् ।

दैलेखको भैरवी गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रेम बुढा वडा सदस्यमै पराजित भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले बुढा कांग्रेसका प्रतिस्पर्धीसँग पराजित भएको जनाएको छ ।

गाउँपालिका अध्यक्षबाट राजीनामा दिएर बुढाले यसपटक वडा नं. ७ को वडा सदस्यमा उम्मेदवारी दिएका थिए । त्यसको कारण थियो, जिल्ला समन्वय समितिमा प्रवेश गर्ने बुढाको दाउ । तर पराजयसँगै उनको योजना बिथोलिन पुगेको छ ।