म्याग्दीमा एमालेविरुद्ध गाउँपालिकामा कांग्रेसको फराकिलो जित
काठमाडौं । कांग्रेसले म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्षमा एमालेविरुद्ध फराकिलो जित हात पारेको छ । अध्यक्षमा कांग्रेसका भव बहादुर भण्डारी विजयी भएका हुन् । उनले एमालेका उम्मेदवारलाई ७५९ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।
विजयी कांग्रेसका भण्डारीले ४०३८ मत ल्याउँदा एमालेका प्रेमबहादुर कार्कीले ३२७९ ल्याएका हुन् । गठबन्धन नभएको यो पालिकामा माओवादी केन्द्रकी मिना विकले ९९५ मत ल्याइन् ।
उपाध्यक्ष पनि कांग्रेसले नै जितेको छ । कांग्रेसबाट प्रेमकुमारी पुन विजयी भएकी हुन् । उनले ३३६४ मत ल्याउँदा पराजित एमालेकी यामकुमारी गर्वुजाले ३२४५ मत ल्याइन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया