प्यूठानको ऐरावतीमा माओवादीमाथि कांग्रेसको सानदार जित

काठमाडौं । नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई स्तब्ध पार्दै प्यूठानको ऐरावती गाउँपालिकामा कांग्रेसले जित हासिल गरेको छ । उपाध्यक्षमा भने यहाँ राष्ट्रिय जनमोर्चा विजयी भएको छ ।
ऐरावतीको अध्यक्षमा माओवादीका बुद्धबहादुर श्रेष्ठलाई फराकिलो मतअन्तरमा पछि पार्दै कांग्रेसका नवीलविक्रम शाह निर्वाचित भएका हुन् । शाहले ४ हजार ६६९ मतका साथ जित गर्दा गराउँदै माओवादीका बुद्धबहादुर बस्नेतले मात्रै २६५० मत हासिल गरे ।
यी दुईबीचको मतान्तर २ हजार १९ छ ।
यहाँको उपाध्यक्षमा भने राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ४ हजार ६४७ मतसहित जित निकाल्दा स्वतन्त्र उम्मेदवार टीकाबहादुर गुरुङले १ हजार ७२१ मत ल्याए । एमालेकी कमलाकुमारी ज्ञवालीले १ हजार ५४७ मत पाइन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया