प्यूठानको ऐरावतीमा माओवादीमाथि कांग्रेसको सानदार जित
काठमाडौं । नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई स्तब्ध पार्दै प्यूठानको ऐरावती गाउँपालिकामा कांग्रेसले जित हासिल गरेको छ । उपाध्यक्षमा भने यहाँ राष्ट्रिय जनमोर्चा विजयी भएको छ ।
ऐरावतीको अध्यक्षमा माओवादीका बुद्धबहादुर श्रेष्ठलाई फराकिलो मतअन्तरमा पछि पार्दै कांग्रेसका नवीलविक्रम शाह निर्वाचित भएका हुन् । शाहले ४ हजार ६६९ मतका साथ जित गर्दा गराउँदै माओवादीका बुद्धबहादुर बस्नेतले मात्रै २६५० मत हासिल गरे ।
यी दुईबीचको मतान्तर २ हजार १९ छ ।
यहाँको उपाध्यक्षमा भने राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ४ हजार ६४७ मतसहित जित निकाल्दा स्वतन्त्र उम्मेदवार टीकाबहादुर गुरुङले १ हजार ७२१ मत ल्याए । एमालेकी कमलाकुमारी ज्ञवालीले १ हजार ५४७ मत पाइन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया